सहरी विकास र कानून मन्त्रीद्वारा निर्माणाधीन संसद भवनको अनुगमन

  ४ भाद्र २०७७

काठमाडौं– सहरी विकास एवं भौतिक योजना तथा निर्माण मन्त्री वसन्तकुमार नेम्वाङ र कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले निर्माणाधीन संसद भवनको अनुगमन गर्नुभएको छ ।

सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद भवनको प्रगतिबारे बुझ्न बुधबार साँझ दुई मन्त्री अनुगमनमा जानुभएको हो । मन्त्रीहरुसहित अनुगममा संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतम पनि रहनुभएको थियो ।

भवन निर्माणको काम गरिरहेको टुण्डी सेक ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले लकडाउनका कारण गत आर्थिक वर्षमा सोचेजति काम हुन नसकेको जानकारी गराएको थियो । १५ प्रतिशत काम गर्ने लक्ष्य लिए पनि महामारीका कारण ८ प्रतिशतमात्रै गर्न सकिएको निर्माण पक्षले मन्त्रीहरुले जानकारी गराएको छ ।

तीन वर्षमा पूरा गर्ने लक्ष्य लिएको संसद भवन तोकिएको समयमा नै पूरा गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

२०७६ साल असोज १ गते प्रधानमन्त्री केपी ओलीले सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद् भवनको शिलान्यास गर्नुभएको थियो ।

हाम्रा संस्कार संस्कृतिलाई संरक्षण गर्दै गर्दा अरुका संस्कार र संस्कृतिलाई पनि सम्मान गर्नुपर्छ/सम्मान गरिरहेका छौं । किनभने हाम्रो देश बहुजाति, बहुभाषी, विभिन्न संस्कार र संस्कृतिले भरिपूर्ण सुन्दर नेपाल हो ।…