कानून मन्त्रालय अन्तर्गत आयोग र तालिम केन्द्रको बेरुजु शून्य

  ४ भाद्र २०७७

काठमाडौं– आर्थिक वर्ष २०७६/७७ मा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका तीन आयोग र तालिम केन्द्रको बेरुजु शून्य रहेको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा मन्त्रालय अन्तर्गतका सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपाल कानून आयोग र न्याय सेवा तालिम केन्द्रको बेरुजु शून्य पाइएको हो । मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आगामी दिनमा पनि संस्थागत सुशासन कायम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा ती आयोग र तालिम केन्द्रका प्रतिनिधिहरुले कार्यप्रगति पेस गर्नुभएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले तालिम केन्द्रलाई तालिमको स्वरुप र कार्यक्रमलाई अद्यावधिक गर्न निर्देशन दिनुभयो । उहाँले कानून मन्त्रालयमा आएका इन्टर्नलाई समावेशी बनाउन पनि निर्देशन दिनुभएको छ ।

हाम्रा संस्कार संस्कृतिलाई संरक्षण गर्दै गर्दा अरुका संस्कार र संस्कृतिलाई पनि सम्मान गर्नुपर्छ/सम्मान गरिरहेका छौं । किनभने हाम्रो देश बहुजाति, बहुभाषी, विभिन्न संस्कार र संस्कृतिले भरिपूर्ण सुन्दर नेपाल हो ।…