महामारीमा शिक्षकको दायित्व झन् बढीः कानून मन्त्री

  ४ भाद्र २०७७

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले महामारीका बेला शिक्षकको दायित्व झन् बढी हुने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको भर्चुअल तीज गीत प्रतियोगितालाई शनिबार सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले आफ्ना विद्यार्थीहरुलाई सम्भव भएका सबै माध्यम प्रयोग गरेर शैक्षिक गतिविधिमा सामेल गराइराख्न शिक्षकहरुलाई अपिल गर्नुभयो । ‘सम्भव भएसम्मका उपाय अवलम्बन गरेर विद्यार्थीहरुलाई शिक्षाको ज्ञान दिने काम गरिराख्नुहोस्,’ उहाँले भन्नुभयो, ‘तपाईंहरुको दायित्व अहिले झन् बढी छ ।’

मन्त्री मन्त्री तुम्बाहाङ्फेले प्रविधि प्रयोग गर्न सामर्थ्य नभएका छरछिमेक र टोलका विद्यार्थीहरुलाई अभिभावकका माध्यमबाट अध्ययन, अध्यापन र व्यवहारिक ज्ञान दिने काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले महामारीलाई नियन्त्रण र रोकथाम गर्न सरकारले आवश्यक सबै उपाय अबलम्बन गरिरहेको जानकारी दिँदै स्थिति सहज भएपछि विद्यालय खुल्ने वातावरण बनाइने उल्लेख गर्नुभयो ।

कानूनीमा शिक्षकहरुमा परेको समस्याबारे आफू जानकार रहेको बताउँदै मन्त्री तुम्बाहाङ्फेले समाधानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद कोमल वलीले सृजनात्मक कार्यका लागि संगठनलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले संघीय शिक्षा ऐन नआउँदा समस्याहरु झन् थपिएको बताउँदै अध्यादेशबाट भए पनि ऐन ल्याउन माग गर्नुभयो ।

हाम्रा संस्कार संस्कृतिलाई संरक्षण गर्दै गर्दा अरुका संस्कार र संस्कृतिलाई पनि सम्मान गर्नुपर्छ/सम्मान गरिरहेका छौं । किनभने हाम्रो देश बहुजाति, बहुभाषी, विभिन्न संस्कार र संस्कृतिले भरिपूर्ण सुन्दर नेपाल हो ।…