‘अहिलेको संविधान महिलाको अधिकारका लागि सबैभन्दा परिस्कृत संविधान हो’

  ३० असार २०७७

महिला अधिकारका लागि आन्दोलन सञ्चालन गर्ने क्रममा तपाईं हामी सँगै थियौं । यही क्रममा हामीले महिला मानवअधिकार रक्षक सञ्जाललाई स्थापित गरेका थियौं । नेपालमा धेरै समयदेखि सञ्चालन भइरहेको महिला आन्दोलनमा समर्पित सबै व्यक्तिहरुले सञ्चालन गरेको आन्दोलनमा तपाईं हामी संलग्न भएका थियौं । महिला मानव अधिकार रक्षक सञ्जालले गर्दा धेरै सहज पनि भएको थियो । महिला अधिकारका निम्ति जसरी हामीले आवाज उठायौं, हामीले अभियान सञ्चालन ग¥यौं । त्यो भन्दा अगाडि नेपालका महिलाहरुले आफ्ना अधिकारका लागि होमिएको इतिहास हामीसँग छ । त्यही इतिहासँग जोडिँदै हामीले महिला मानवअधिकार रक्षक सञ्जालमार्फत पनि नेपाली महिला आन्दोलनलाई अगाडि बढाएका छौं ।

सुरुमा महिला मानवअधिकार रक्षकको पहिचान गर्न कठीन थियो । महिला मानवअधिकार रक्षक भनेर चिन्नको निम्ति चिनाउनका निम्ति धेरै कोसिस ग¥यौं । हाम्रो अभियानमा तपाईं हामी सबैको योगदान उत्तिकै छ । जसले नेपाली महिला अधिकारलाई रक्षा गर्नका लागि धेरै ठूलो भूमिका खेलेको छ ।

नेपालमा महिला आन्दोलनलाई अझ सशक्त बनाउनका लागि यस सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्न बिर्सनु हुँदैन । आन्दोलन भनेको एउटै प्रकृतिको हुँदैन । फरक फरक ठाउँबाट फरक फरक विषय, क्षेत्र र किसिमले हुन्छ । नेपालका महिलाहरुको अवस्थालाई परिवर्तन गर्न महिला अभियान सञ्चालन भएको हो । विगतदेखि भएका आन्दोलनमा हामी जोडिएका छौं । पछिल्ला दिनमा महिला आन्दोलन सशक्त बनेको छ । महिला मानवअधिकार रक्षकको आन्दोलन पनि सशक्त बनेको छ ।

हामीले लामो समयसम्म आन्दोलन गरेका छौं । संघर्ष र अभियान सञ्चालन गरेका छौं । त्यही भएर हामीले हाम्रो पहिचान स्थापित गर्न सफल भएका छौं । हामीले हाम्रा कुरा उठाउनका लागि महिला मानवअधिकार रक्षकमात्र नभए राज्यका हरेक निकायमा स्थापित गर्न सफल भयौं । हाम्रा पहिचानलाई स्थापित गर्न हामी सँगसँगै अगाडि बढेका थियौं । अझै हामी अगाडि बढिरहेका छौं । हाम्रो अधिकारको सरकारदेखि लिएर विभिन्न निकायसम्म पु¥याएका थियौं ।

२०७२ मा हामीले जुनखालको समावेशी संविधान प्राप्त ग¥यौं । त्यसमा पनि महिला मानवअधिकार रक्षकहरुको ठूलो भूमिका छ । महिला अधिकारका कुरा संविधानमै लिपिबद्ध हुनुपर्छ भनेर म तपाईंहरुसँगै अभियानमा जुटेको थिएँ । संविधानमा हामीले भनेजति अधिकार नभए पनि विगतको भन्दा धेरै अधिकार लिपिबद्ध भएका छन् । महिलाको अधिकारका लागि सबैभन्दा परिस्कृत संविधान हो । आम जनताको हकमा पनि अहिलेको संविधान धेरै राम्रो छ ।

तपाईंरुलाई सम्झना हुनुपर्छ नेपालको पहिलो संविधानमा महिलालाई चुन्ने र चुनिने अधिकारसम्म पनि थिएन । अहिलेको संविधानमा धेरै कुराहरु समेटिएका छन् । त्यही भएर महिला मानवअधिकार रक्षक सञ्जाललाई काम गर्न सहज पनि भएको छ ।

जतिबेला जनप्रतिनिधिहरु थिएनन् । त्यतिबेला घर घर र गाउँ गाउमा गएर महिलाको अधिकारको बारमा कुरा गरेका थियौं । यसो भनिरहँदा सञ्जालले महिला मानवअधिकारको कुरामात्र गरेको थिएन । सिंगो मुलुकमा महिला र पुरुषको अधिकारको वकालत गरेका थियौं । अभियान सञ्चालन गरिरहँदा महिलाहरुलाई उत्प्रेरित पनि गरेको सम्झना मलाई भइरहेको छ । हामीले भन्ने गरेका थियौं– तपाईंहरु अघि बढ्नुस् । संविधानपछि नयाँ निर्वाचन हुन्छ, निर्वाचनका लागि तपाईंहरु तयारी गर्नुस् । उम्मेदवार बन्ने तयारी गर्नुस् ।

संविधान प्राप्त गरेपछि महिलाहरुलाई धेरै सहज भएको छ । अझै पनि कानुनीरुपमा केही असहजता भए संविधानलाई टेकेर ऐन कानुनहरु परिमार्जन गर्न सक्छौं । त्यसको तयारी संघीय संसदले गरिरहेको छ । किनकी हामीसँग महिलामैत्री संविधान हातमा छ । यो अवस्था ल्याउन हामीले धेरै संघर्ष गरेका छौं ।

संविधानले नै राष्ट्रपति–उपराष्ट्रपतिमध्ये एक महिला, संघीय र प्रदेश संसदमा सभामुख–उपसभामुखमध्ये एक महिला, स्थानीय तह प्रमुख–उपप्रमुखमध्ये एक महिलाको संवैधानिक व्यवस्था गरेको छ । तपाईंहरुले खुसी व्यक्त गरे हुन्छ । हामीले हरेक अवसर लिने गर्दा भनिएको हुन्छ– महिलाहरुमा अनुभव नै छैन । धेरैपटक हामीलाई भनिएको कुरा झल्झली याद हुन्छ । महिलाहरुले उपसभामुख र उपप्रमुख भएर काम गर्ने अवसर अहिले पाएका छन् । तपाईंहरु याद गर्नुस्, अबको चुनावमा महिलाजत्तिको अनुभवी पुरुष हुँदैनन् । त्यसैले तपाईंहरु हीनाताबोध नगर्नुस्, टेक्ने एउटा खुड्किला पाउनुभएको छ । अबको स्थानीय तहको निर्वाचनमा जो उपमेयर हुनुहुन्छ मेयरको दाबेदार हो, जो उपाध्यक्ष हुनुहुन्छ अध्यक्षको दाबेदार हो । त्यसैले अहिलेदेखि नै तयारी गर्नुस्, अभिव्यक्तिले होइन, कामले दाबी गर्नुस् । कामले नै अर्को पटकको निर्वाचनमा प्रमुख दाबी गर्ने प्रयास गर्नुस् । त्यसो भयो भने राष्ट्रिय महिला मञ्चले पनि बल गरेको थियो भन्ने पुष्टि हुन्छ ।

हामीले महिला अधिकारको कुरा गरिरहँदा भनिरहेका छौं– महिलामाथि हिंसा भयो, अन्यास भयो, भेदभाव भयो । त्यतिबेला हामी भन्ने गथ्र्यौं कि, राजनीतिक अस्थिरताले महिलामाथि हिंसा, भेदभाव, अन्याय, बलात्कारका घटना भए । अब त्यो अवस्था छैन । अहिले राजनीतिक स्थिरता कायम भएको छ । यो हाम्रो उपलब्धी हो । हरेक उपलब्धीलाई ग्रहण गर्दै कार्यान्वयनतर्फ जानुपर्छ । त्यसका लागि संघीय संसदका सबै सांसदहरु, प्रदेशसभाका सबै सांसदहरु महिलामाथि हुने विभेदविरुद्ध आवाज उठाउनुपर्छ ।

सरकारलाई जागरुक बनाउनका लागि, घच्घच्याउनका लागि तीनै तहका जनप्रतिनिधिसँग महिला मानवअधिकार रक्षक सञ्जालले बेलाबेला अन्तक्र्रिया गर्ने गर्नुहोला । जनप्रतिनिधि नहुँदा पनि सरकारका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग सहकार्य गरेर अघि बढेका थियौं । जसका कारण हामीले आफ्नो पहिचान स्थापित गर्न सक्यौं । यसलाई पनि निरन्तरता दिँदै जाँदा राम्रो हुन्छ ।

हामीले अरुलाई सचेत गराइरहँदा आफैंबाट पनि ती काम सुरुवात गर्नुपर्ने हुन्छ । महिला मानवअधिकार रक्षक सञ्जालमा आबद्ध, सञ्जालका समर्थक, शुभेच्छुकहरुले आफैंबाट गलत कामलाई हटाउनुपर्ने हुन्छ । आफूले नै आफू र आफ्ना छोराछोरीलाई सिकाउनुपर्छ र हस्तान्तरण गर्नुपर्छ । गलत परम्परालाई हटाउन सकिएन भने रुपान्तरण हुन सक्दैन । ब्यानरमा लेखिएका कुरा पूरा हुन सक्दैन । गलत परम्परा हटाउन आफैंले पहल गरौं । परिवार, छिमेकी, नातागोताहरुलाई हरेक तहमा भएका व्यक्तिलाई सचेत गराउनुपर्छ । तपाईंहरुले उठाएका आवाजलाई हामी संघीय संसदमा पनि उठाउने छौं भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

३–५ साउन २०७५ मा राष्ट्रिय महिला मञ्चले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजना गरेको कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश ।

हाम्रा संस्कार संस्कृतिलाई संरक्षण गर्दै गर्दा अरुका संस्कार र संस्कृतिलाई पनि सम्मान गर्नुपर्छ/सम्मान गरिरहेका छौं । किनभने हाम्रो देश बहुजाति, बहुभाषी, विभिन्न संस्कार र संस्कृतिले भरिपूर्ण सुन्दर नेपाल हो ।…